ताप्लेजुङमा चार जना क्वारेण्टाइनमा
ताप्लेजुङ-ताप्लेजुङमा चार जनालाई क्वारेण्टाइनमा राखिएको छ । कोरोना संक्रमण पुष्टि भएकी फान्सबाट आएकी युवतीसँगै कतारबाट जहाजमा आएका ताप्लेजुङका एक जना सहित परिवारका तीनजनालाई क्वारेण्टाइनमा राखिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनुभयो । गत चैत्र ४ गते युवती चढेको जहाजमा आएका १ सय ५८ जनामध्येका हुन् ।
कतारबाट आएका युवक परिवारसँग बसेका थिए । अहिले उनिहरुको स्वस्थ्य अवस्था राम्रो रहेको जिल्ला अस्पताल ताप्लेजुका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघको २० शैयाको क्वारेण्टाइन राखिएको छ । यता जिल्लामा भने स्वास्थ्यकर्मीका लागि प्रायोग गरिने पर्सानल प्रोटेक्टिभ इक्युपमेन्ट –पीपीई) नभएकोले जिल्ला अस्पताल ताप्लेजुङले आफुनै स्रोतमा पीपीई बनाउन थालिएको प्रमुख डाक्टर लामाले जाकारी दिनुभयो ।
ताप्लेजुङमा पनि बजार सुनसान
ताप्लेजुङमा पनि बजार सुनसान छ । सदरमुकाम फुङलिङ बजार लगायत ग्रामिण क्षेत्रमा बजारहरु पनि सुनसान भएका छन् । जिल्लाको दोस्रो ठुल्लो बजारको रुपमा रहेको आठराइ त्रिवेणी र मिरिङदेन गाउँपालिकाको दोभान बजार,फक्तmालुङ गाउँपालिकाको सिवा बजार,मिक्वाखोला गाउँपालिकाको हान्द्रङ बजार,सिरिजङ गाउँपालिकाको खाम््िदने बजार पूर्ण रुपमा बन्द रहेको स्थानियले बताएका छन् ।
भने एक नगरपालिका सहित आठ गाउँपालिकामा नै मानिसहरुको चहलपहल सुन्य जस्तै छ । कोरोन संक्रमण हुन सक्ने भन्दै ब्यवसायी,अध्यायनरत,रोजगारीका लागि सहर पसेकाहरु घर फकिएका छन् । जिल्लाका स्थानिय तहहरुले पनि सुचना जारी गरेर सुरक्षित रहन अपिल गरेका छन् । पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी राखिएको पालिकाहरुले जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्