कोरोना परिक्षण सेन्टरको स्थापना गर्न माग
जुम्ला । दुर्गम क्षेत्रको सबैभन्दा ठुलो स्वास्थ्य संस्थाका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिईन्छ । तर केहि पूर्वाधार अभावले जटिल खालको उपचारमा कठिनाई हुने गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण सेन्टर नहुँदा एकजनाको परिक्षण गराउन एम्बुलेन्स लिएर काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो । हाल क्वारेन्टाइनमा रहेका ३१ व्र्षिय यूवाको कोरोना हो वा हैन भन्ने पुष्टी गर्न केहि दिनमा काठमाडौं पठाउने तयारी गरिरहेको बताउनुभयो ।
उहाँले भन्नु हाल एक जना कोरोनाको लक्षण देखिएका युवालाई क्वारेन्टाईनमा राखेका छौ । उहाँको परिक्षणका लागि काठ्मान्डौ पठाउनु पर्ने बाध्यता छ । मन्त्रीपरिषदको बैठकले नेपालका सबै प्रतिष्ठान सहित नेपालगन्ज र बुटवलमा समेत कोरोना परिक्षण सेन्टर स्थापना गरिसकेको र जुम्ला अस्पतालमा नभएकाले सरकारको ध्यानाकर्षण होस र चाडै कोरोना परिक्षण सेन्टर स्थापना गर्न समेत माग गर्नुभयो । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको उच्च जोखिममा कर्णाली प्रदेश पनि रहेको छ ।
कर्णालीमा भारतबाट आउने संख्या उल्लेखीय भएकाले कोरोना संक्रमित बढ्ने सक्ने देखिन्छ । कर्णालीका १० वटै जिल्लामा विषेशज्ञ सेवा प्रवाह गरिरहेको कर्णाली अस्पतालमा कोरोना परिक्षण सेन्टर नहुँदा कुनैपनि बेला हुन सक्ने जोखिमबाट कर्णाली थप समस्या झेल्नुपर्ने अबस्था रहेको छ । जुम्लामा रातारात गरी भारतबाट आएका व्यक्तिहरु खुलेआम गाउँमा घुमिरहेको समेत हल्ला बाहिएपछि चेकजाँच संगै उच्च सतर्कता अपनाइएको छ । अस्पतालका सबै विशषज्ञ डाक्टर चिकित्सकलाई बिदा नदिएर हाईअलर्ट राखिएको छ ।
एक महिनालाई पुग्ने करिब १० लिटर स्यानीटाईजर पनि प्रतिष्ठानले उत्पादन गरेको स्टोर किपर संगम गौतमले बताउनुभयो । प्रतिष्ठानले आज गरेको पत्रकार भेटघाटमा कर्णाली अस्पतालमा कोरोना परिक्षण सेन्टर स्थापनाका लागि तीनै तहका सरकारले आवश्यक पहल गर्न गरिदिन समेत आग्रह गरेको छ ।
यद्धपी जुम्ला अस्पतालमा कारोना परिक्षण सेन्टर राखेमा कर्णालीका १० वटै जिल्लामा कोरोना शंका गरि क्वारेन्टाईनमा रोखिएकाको परिक्षणका लागि काठ्मान्डौ पठाउने बाध्यताको अन्त्य हुनेछ । त्यसका साथै चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि (पिपिपि) पनि अभाव रहेकाले आपुर्ति गर्न माग गरिएको छ । हाल हुम्ला, पश्चिम रुकम, दैलेख, जाजरकोट, प्रदेश अस्पताल सुर्खेत देखि १० वटै जिल्लाबाट विशषज्ञ सेवा दिइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्