कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका छ जना चितवनमा
चितवन । नेपालमा दोस्रो कोरोना संक्रमित व्यक्तिसँगै कतार एयरवेजबाट आएका छजना जना व्यक्ति चितवन आइपुगेका छन् ।
चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको विमानबाट नेपाल आएकी एक १९ बर्षीया युवतीलाई संक्रमणको देखिउएपछि उनीसँगै बिमानमा आएका छ जना चितवन आइपुगेको जानकारी पाएपछि चितवन प्रहरीले ती व्यक्तिहरुको खोजी सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय, बिशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो ।
सो विमानबाट चितवनमा आएकाहरुमा पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, सुरेश गुरुङ, दीक्षा कँडेल र शम्भु नेपाली रहेका छन् ।
प्रहरीले उनीहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाई पठाउन प्रशासनसँग आग्रह गरेको छ । उनीहरुमा पनि संक्रमण फैलिन सक्ने आशंकामा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्