तुलसीपुरको बेलझुण्डीमा आइसोलेसन बेडसहितको अस्पताल सञ्चालन
घोराही । तुलसीपुरको बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा एक सय बेडको आइसोलेसन कक्ष सञ्चालनमा आएको हो ।
प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा आयुर्बेद शिक्षण अस्पतालमा आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । कोरोना भाइरसका संक्रमित बिरामीको उपचारका लागि तयार गरेर आइसोलेसन कक्ष सञ्चालन गरिएको हो ।
प्रदेश नम्बर ५ ले दाङसहित रुपन्देही र बाँकेमा समेत आइसोलेन सहितका अस्पताल तयार पारेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको प्रत्यक्ष निगरानी रहेको छ ।
आइसोलेसन कक्षमा जिल्लाका सरकारी अस्पतालबाट जनशक्तिको ब्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ । जिल्लाका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालबाट जनशक्ति खटाउने निर्णय भएको छ ।
दश करोडको कोष बनाउने निर्णय गरेको सरकारले नाका तथा बजारक्षेत्रलाई निगरानी गर्ने समेत निर्देशन दिएको छ । यस्तै प्रदेश अन्तर्गत रहेका सीमा नाका क्षेत्रलाई समेत चेकजाँचमा कडाई गर्न आग्रह गरेको छ ।
दाङमा यसअघि निजी तथा सरकारी अस्पतालहरुले ६१ वटा आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका छन् । १३ वटा अस्पतालहरुले कम्तीमा तीनदेखि दश वटासम्म आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका हुन् ।
प्रतिक्रिया राख्नुहोस्