तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा लकडाउन उल्लंघन गर्ने १९३ वटा सवारी नियन्त्रणमा

चितवन। कोराना रोकथामको लागि सरकारले जारी गरेको लकडाउन को उल्लघन गरी अनावश्यक काममा बाहिर चलाईएका १९३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान १२ बजेसम्म भएको कारवाहीमा लकडाउनको जवरजस्ती उल्लंघन गर्ने र अटेर गर्ने १५ जनालाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवत्ता एकनारायण कोइरालाका अनुसार उल्लंघन गर्नेमा १सय ६८ वटा मोटरसाइकल, स्कुटर १० वटा , बलेरो गाडी २, म्याजिक वस, १, अटोरिक्सा ५, ट्रयाक्टर ३ र ट्रक २ वटा रहेका छन । ती मध्ये अधिकांशलाई एकपटकको लागि सम्झाई बुझाई पठाइएको र १५ जना सवारी चालकलाई कारवाहीको लागि पठाईएको हो ।

साथै चितवन प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका पैदल यात्रीलाई समेत सम्झाई बुझाई गरी घर फर्काईएको कोइरालाले जानकारी दिनुभयो । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ । कारवाही प्रक्रिया अघिबढेसंँगै मंगलबार भन्दा आज सडकहरु सुनसान देखिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button