जिसस सिन्धुपाल्चोकको नयाँ भवनमा आईसोलेसन वार्ड
मेलम्ची । जिल्ला समन्वय समितिको नव निर्मित भवनमा कोरोना संक्रमितहरुको एमेर्जेन्सी उपचारका निमित्त आईशुलेसन वार्ड तयार गरिएको छ ।
आइसोलेसनको लागि चाहिने पुर्वधारे र अन्य आधारभूत सामग्री व्यवस्था गरि आईशुलेसन वार्ड सन्चालन गरिएको जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तामाङले बताउनुभएको छ । हाल ४ कोठामा आइसोलेसनको लागि चाहिने पुर्वधार सहित वार्ड तयार भएको तामाङले बताउनुभएको छ । (उहाँका अनुसार आबश्यकता अनुसार यसलाई बढाउन समेत सकिने क्षमता उक्त भवनमा रहेको छ ।
यस्तै जिल्लाको पाँचपोखरि थाङ्पाल गाँउपालिकाले भोली सम्म तिपेनिमा ३० वटा आईसोलेसन वार्ड तयार गरिने र प्रचार प्रसार जनचेतनाको कार्य जारी रहेको अधक्ष्य टासी लामाले जानकारी दिनुभयो ।
प्रकोपबाट हुन सक्ने क्षति प्रति स्थानिय तहहरु गम्भिर बन्दै सिन्धुपाल्चोकको बिभिन्न स्थानिय तहहरुमा संक्रमण बिरुद्ध अभियान सन्चालन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्