तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री र पाँचदेशका राजदूतबीच भिडियो कन्फ्रेन्स

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विदेशस्थित विभिन्न पाँच देशका लागि नेपाली राजदूत र मिसन प्रमुखहरुसँग आज भिडियो कन्फ्रेन्समार्फत् त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

मन्त्री ज्ञवाली र दक्षिण कोरिया, दक्षिण अफ्रिका, जापान, मलेसिया र इजरायलस्थित नेपाली राजदूत र मिसन प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स गर्दै ती देशमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिए वा नदेखिएको जानकारी लिनुभयो ।

ती देशमा रहनुभएका नेपाली राजदूतहरुले अहिलेसम्म कोही नेपालीमा संक्रमण नदेखिएको जानकारी गराउँदै त्यहाँका सरकारहरुले यदि त्यस्तो संम्भावना भएमा आफ्नो देशसरहका नागरिक झै व्यबहार र उपचार गराउने प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो ।

उहाँहरुले नेपाली नागरिकहरुसँग कुनै किसिमको पनि भेदभाव नगर्ने प्रष्ट पारेको मन्त्री ज्ञवालीलाई जानकारी गराउनुभएको थियो ।

त्यसक्रममा मन्त्री ज्ञवालीले कथंकदाचित समस्या आइपरे वा भिसा लगायत अन्य समस्या आईपरेमा भिसा अवधि बढाउन र दूताबासहरुमा हटलार्ईनको व्यबस्था गरी नेपालीहरुलाई जानकारी गराउने र सम्पर्कमा रहने गरी प्रबन्ध गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button