तपाईँ सुन्दै हुनुहुन्छः

विमानमासँगै आएकाले चकलेट बाँडेका सय घर सिल

सर्लाही । कोरोनाभाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको पहिचान भएको छ ।

कतारबाट छोरालाई भेटेर आएका उनीहरुले गाँउघरमा चक्लेट बाँढेपछि वरिपरीका करिव एकसय घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो।

कतारमा रहेका छोरालाई भेटन एक महिना अघि यहाबाट बाबुआमा,बुहारी र छोरा गएका थिए । नेपाल आएसँगै उनीहरुले गाउँलेलाई चकलेट बाँडेका थिए ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई‘क्वारेन्टाइन’ राखिएको हो ।

उनीहरु त्यही विमानबाट काठमाडौं हुदै सात दिन अघि सर्लाही आइपुगेका थिए । उनीहरुसँगै आएकी यूवतीलाई कोरोना संक्रमण देखिएपनि हालसम्म चारै जनाको स्वास्थ्य परिक्षण गर्दा सामान्य देखिएको छ ।

विमानमा आएकाहरुको पहिचानगरी चारै जनालाई घरमानै ‘क्वारेन्टाइन’ राखिएको र गाउँनै सिल गर्नुपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button