सप्तरीमा सेना परिचान हुने
संजीव विक्रम शाह, सप्तरी । आज सप्तरीमा सरकारको निर्णय उल्लंघन भएको भन्दै भोलिबाट सेना परिचान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सरकारको निर्णय विपरित सदरमुकाम बाहेक अधिकांश क्षेत्रका बजार तथा पसल खोल्ने र दिनभर मानिसको चहलपहल कायम रहेको भन्दै केही स्थानमा आज सेना परिचालन गरिएकोमा भोलीबाट जिल्लाभरका मुख्यमुख्य चौकमा सेना परिचालन गर्ने निर्णय भएको राजविराजस्थित भीमदल गणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्