सल्यानबाट वार्षिक १ सय ८० क्विन्टल मुलाको बीउ निर्यात
सल्यान । सल्यानका किसान खाद्यबाली छाडेर बीउ उत्पादनमा आकर्षित भएका छन । छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसान बीउ उत्पादनमा लागेका हुन । विशेष गरी मुलाको बीउको माग जिल्ला बाहिर बढ्दै गएपछि किसान बीउ उत्पादनमा आर्कषित भएका हुन ।
जिल्लामा तरकारी खेती गर्दै आएका किसानमध्ये २० प्रतिशतले बीउ उत्पादन गर्ने गरेका छन । सल्यानी मुलाको बीउको माग विभिन्न जिल्लामा बढेकाले किसान बीउ उत्पादनमा उत्साहित भएको कृर्षि बिकास कार्यलयका सुचना अधिकारी रेशम कुमार बस्नेतले बताउनु भयो । जिल्लामा उत्पादन भई वार्षिक करिब १ सय ८० क्विन्टल मुलाको बीउ बाहिर जाने गरेको छ ।
कार्यालयका अनुसार जिल्लाभर करिब ३ सय रोपनी जग्गामा व्यवसायिक रूपमा मुलाको बीउ उत्पादन भइरहेको छ । सलादको रूपमा, तरकारी र अचार बनाएर खान मिल्ने भएकाले ताजा मुलाको माग समेत जिल्लामा बढ्दै गएको बस्नेतले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्