तपाईँ सुन्दै हुनुहुन्छः

बिमाको प्रिमियम शुल्क तिर्न नसकेको अवस्थामा ब्याज नलाग्ने


काठमाडौं । सरकारले मंगलबारदेखि देशभर पूर्ण बन्द लकडाउन गरेपछि अत्यावश्यक क्षेत्रको सूचीमा परेका बिमा कम्पनी पनि बन्द भएका छन् ।

सबै क्षेत्र लकडाउन गरेपछि मंगलबारदेखि बिमा कम्पनीहरुले सबै आफ्ना कार्यालयहरु बन्द गरेका हुन् ।

कोरोनाको प्रभाव रहेसम्म बिमा वापतको प्रिमियम शुल्क तिर्न नसकेको अवस्थामा ब्याज भने नलाग्ने भएको छ । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट दिन भनेको हो ।

सहज अवस्था भइसके पश्चात १५ दिनभित्रमा शुल्क तिर्न जानेहरुसँग ब्याज नलिन समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुलाई परिपत्र गरेका छन् । यद्यपि, बिमा कम्पनीहरुले भने अत्यावश्यक परेको अवस्थामा विद्युतीय माध्यमबाट बिमा शुल्क तिर्न सकिने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button