अरुण गाउँपालिकामा पाँच बेडको आइसोलेसन कक्ष
भोजपुर । विश्वभरी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे भोजपुरको पूर्वी अरुण गाउँपालिकाको वडा नम्वर ३ प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ५ वेडको आइसोलेसन कक्ष तयारी गरिएको छ ।
गाउँपालिका क्षेत्रमा केही समयमा देखिएमा त्यसका लागि आइसोलेसन कक्षको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गाउँक्षेत्रमा आवातजावत गर्ने नागरीकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद सापकोटाले बताउनुभयो ।
बिरामीलाई आइसोलेसन कक्षमा राखी स्वास्थ्य परीक्षण गरिने र थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा पठाईने प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्