व्यक्तिगत लगानीमा मास्क र सावुन लिएर गाउँपालिकाका उपाध्यक्ष घरदैलो अभियानमा
जुम्ला । हिमा गाउपाकिाकाकी उपाध्यक्ष हिमाली रोकाया नागरिकलाई कोरोना भाइस संक्रमणबाट जोगिन भन्दै हरेक घरदैलोमा मास्क र सावुन बितरण अभियानमा जुटुनुभएको छ ।
उहाँ नागरिकहरुलाई मास्क र सावुन लिएर गाउँमा पुगेपछि स्थानीय खुशी भएका छन् । उहाँले पहिलो दिन नाग्म गमगडी राजमार्गका बजार र गाउँमा मास्क वितरण गर्नुभएको हो । हिमा गाउँपालिकाको बड्की गाउँमा पहिलो दिन छ सय ४२ मास्क सहित प्रतिघर एक एक सावुन सहित कोरोना रोगथाममा जोगिन भन्दै सन्देश दिदै घरदैलो अभियानमा जुटिरहेको उपाध्यक्ष रोकायले जानकारी गर्नुभयो ।
उहाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मंगलबार बड्की गाउँमा ६ सय ४२ माक्स बितरण गरिएको र राजमार्ग क्षेत्रका देवारगाउँ, आर्चालिही, कोईरेली, बागबजार लगायतका बढि जोखिम क्षेत्रमा बितरण गर्ने तयारी भईरहेको बताउनुभयो ।
उपाध्यक्ष रोकायाले नारिकलाई सुरक्षित बनाउन ब्यक्तिगत्त लगानीमा मास्क र साबुन बितरण गरिएको बताउनु भयो । उहाँले भन्नु भयो , हिमाका आम नागरिकलाइ कोरोनाबाट जागाउन माक्स बिरण संगै सचेतना दिने कार्यक्रम गर्दै आएका छौ । यस भन्दा पहिले पालिकाबाट ग¥यौ अव आफै कसै जनताले एक मास्क किन्ने क्षमताका नभएका कारण बितरण गरेर सुरक्षित हुदा राम्रो हुने उहाँले थप्नुभयो ।
अहिले जुम्लामा मास्क अभाव भईरहेको समयमा भने करिब तीनहजार मास्क उपाध्यक्ष रोकायाले हिमा गाउँपालिकामा व्यक्तिगत लगानीमा बाड्नका लागि तयारी गरिरहेको जानकारी दिनुभयो । धेरै स्थानीय तहले अहिले माक्र्स खरिद गर्न तयारी गरेपनि पाईएको छैन् । यसैगरी हिमा गाउँपालिकाले हेल्थ डेक्स पनि एकसाता देखी संचालन गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्