सरकारले स्थापना गरेको कोषमा कांग्रेसले ५० लाख दिने
काठमाडौं । कोरोना भाइरस (कोभिड– १९)को जोखिम सामना गर्न नेपाल सरकारले स्थापना गरेको कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन र त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि कोष स्थापना गरेको थियो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारी कोषमा कांग्रेसले एकमुष्ट ५० लाख दिने भएको हो । ‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु,’ प्रवक्ता शर्माले भनेका छन्, ‘संघीय सांसदहरुले १ महिनाको तलब अलग दिने निर्णय यसअघि भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्