‘लकडाउन’ले ताप्लेजुङका बजार पसल ठम्प
ताप्लेजुङ । सरकारले मंगलबार बिहानदेखि चैत १८ गते बिहानसम्मका लागि लकडाउन गरेसंगै ताप्लेजुङ पनि सुनसान छ ।
बिहानैदेखि बजार पसल ठप्प छ । सडकमा सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् भने मानिसहरुको उपस्थिति पातलिएको छ । दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान केही मानिसहरु घर बाहिर निस्किए पनि मध्याहन्न पछि मानिसहरु घरभित्रै बसेका हुन् ।
आज विहान सदरमुकाम फुङलिङ बजार भएर जिल्लाका विभिन्न स्थानमा जानका लागि हिडेका मोटरसाइकलाई रोकेर सम्झाई बुझाई फरकाइएको जिल्ला प्रहरी कार्यालयले जानएको छ ।
ताप्लेजुङ पनि नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट उच्च जोखिममा रहेकाले सचेतनामूलक एवं प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जानएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा जारी सूचनामा उल्लेख छ । आदेशको उल्लंघन गर्ने जोकोहीलाई कानुनी कारबाही गरिने सूचना मार्फत सुरक्षाकर्मीहरुले राजमार्ग,तथा बजार क्षेत्रमा सुचना प्रवाह गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्