तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विशेष अस्पतालमा मृत्यु भएका यादव मृगौला बिरामी :प्रवक्ता भोजराज अधिकारी

चितवन । चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएका युवक वीरगञ्जका सन्तोष यादव रहेको खुलेको छ । उच्च ज्वरो र रुघाखोकीबाट ग्रसित ३० वर्षीय सन्तोषलाई आइरोलेसनमा राखेर उपचार भइरहेको थियो ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । कोरोना अस्पतालका प्रवक्ता भोजराज अधिकारीका अनुसार उनलाई मिर्गौलाको समस्या पनि थियो । उनको नमुना परीक्षण रिपोर्ट आउन बाँकी रहेकाले कोरोना संक्रमण या अन्य के कारण मृत्यु भएको थाहा हुने अधिकारीले बताउनुभयो । ‘आइसोलेसनमा मृत्यु हुँदैमा कोरोनाले भएको भन्ने हुँदैन । अन्य कारणले पनि हुन सक्छ । उहाँ मिर्गौला रोगी पनि हुनुहुन्थ्यो,’ अधिकारीले भनुभयो , ‘आजै साँझसम्म नमुना परीक्षणको रिपोर्ट आउँछ होला, त्यसपछि सबै थाहा हुन्छ ।’

उनको स्वावको नमुना काठमाडौंमा परीक्षण भइरहेको छ । शव अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button