मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंजमा ‘लकडाउन’ प्रभाव
बीरगंज । मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंज सरकारको नीर्णय अनुसार आज छिठपुट घटना बाहेक पुर्ण रुपमा लकडाउन भएको छ ।
सरकारले गरेको लकडाउनको घोषणालाई अवज्ञा गर्नेहरुलाई प्रहरी परिचालन गरेर नियन्त्रणमा लिने, सम्झाउदा नमाने कानुनी कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साका सूचनाअधिकारी ललित कुमार बस्नेतले बताउनुभयो ।
ज बिहानबाट अत्याबश्यक सेवा बाहेकका सम्पुर्ण सवारी साधनको संचालन, कार्यालय,उद्योग कलकारखाना,बजार बन्द रहेको छ । बिरगंजमा स्थानिय प्रशाशनले अत्यावश्यक खाद्य सामागी्र बिक्रि बितरणको लागि किराना पसलहरु बिहान ९ बजेदेखि साझ ५ बजेसम्म मात्र खोल्ने ब्यबस्था मिलाइएको सूचना अधिकारी बस्नेतले बताउनुभयो ।
यसैगरी स्थानिय प्रशासनले लकडाउनको समयमा जिल्ला भरिको अवस्थाको बारेमा साझ ४.३० बजे सुचना सम्पे्रषण गर्ने तथा कोरोना भाइरसको बारेमा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले साझ ५ बजे सूचना जारि गर्ने ब्यबस्था मिलाइएको बस्नेतले बताउनुभयो ।
यता लकडाउनको समयमा बीरगंजमा अत्यावश्यक खाद्य सामाग्रि तथा तरकारिको मुल्य बृद्धि गरेको भेटिएपछि वाणिज्य कार्यालयसंग समन्वय गरेर आजै बजार अनुगमन गरिने र राज्य अप्ठ्यारोमा परेका बेला कालाबजारी गर्नेलाइ कडा कारवाही गरिने सुचना अधिकारी बस्नेतले बताउनुभयो ।
सरकारको निर्णय अनुसार बिरगंज नाका पुर्ण रुपमा बन्द रहेको छ । भन्सार नाकाबाट दैनिक आपुर्तिका अत्याबश्यक सामाग्रि इन्धन,ग्यास बोकेका ट्याडकर तथा बुलेटहरु, खाद्य सामाग्री बोकेका मालबाहक ट्रकहरुको भने आवागमन सदा झै सुचारु रहेको बिरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डि प्रसाद निरौलाले बताउनुभयो ।
यता आजबाट बिरगंज पथलैया औद्योगिक करिडोरका सम्पुर्ण उद्योगहरु समेत ठप्प रहेका छन । उद्योग संचालकहरुले कोरोना भाइरसका कारण मजदुरहरुलाइ संक्रमण फैलिन सक्ने भएपछि घरमै बस्न आग्रह गरेको कारण उद्योगहरु बन्द गरिएको उद्योग बाणिज्य महासंघ प्रदेश न २ का बरिष्ठ उपाध्यक्ष अशोक बैद्यले बताउनुभयो ।
त्यस्तै वीरगंज महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न वीरगञ्जका सामुदायिक र संस्थागत विद्यालयलाई आइसोलेसन वार्डकोरुपमा प्रयोग गर्ने भएको छ ।
महानगरले सूचना निकालेर संक्रमण फैलिएमा शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राख्नुपर्दा विद्यालय भवनहरुलाई उपयोग गरिने जानकारी गराएको हो ।
वीरगंजमा माध्यमिक स्तरका निजी तथा संस्थागत गरी ५४ वटा विद्यालयलाई क्वारेन्टाइनका लागी तयारी अवस्थामा राखिएकोे महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्