तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा लकडाउनको अवज्ञा गर्ने १० जना प्रहरी नियन्त्रणमा

चितवन । सरकारले गरेको गरेको निर्णयको अवज्ञा गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहानै देखि लकडाउन को अवज्ञा गर्दै मानिसहरु अत्यावश्यक काम बाहेक नै घरबाट बाहिर निस्किएपछि प्रहरीले यस्तो कदम चालेको हो । नियन्त्रणमा लिईएका केहीलाई सम्झाई बुझाई पठाईएको र केहीलाई जरिवानाको लागि जिल्ला प्रशासन कार्यालय पठाईएको चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिनुभयो ।

चितवनमा अवज्ञाको गर्ने क्रम बढेपछि जिल्लाका मुख्य क्षेत्रहरुमा बिहानैदेखि सुरक्षाकर्मी बाक्लो रुपमा तैनाथ गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज बिहान ६ बजेदेखि लकडाउन गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button