तपाईँ सुन्दै हुनुहुन्छः

बेलायत पनि ‘लकडाउन’, दुई जना भन्दा बढी भेला हुन नपाइने

एजेन्सी। कोरोना भाइरस संक्रमण रोक्नका लागि बेलायतका प्रधानमन्त्री बोरिस जनसनले कयौं प्रतिबन्ध घोषणा गरेका छन् । यो प्रतिबन्धसँगै सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन पाइने छैन ।

त्यसैगरी बेलायतका जनतालाई घरभित्रै बस्न भनिएको छ । अत्यावश्यक सामान किन्न, औषधि र अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान छुट दिइएको बीबीसीले जनाएको छ ।

अत्यावश्यक बाहेकका अन्य पसल बन्द गर्न भनिएको छ । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३५ पुगेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले डाइनिङ स्ट्रीज टेलिभिजन संवोधनमा सरकारी प्रतिबन्ध पालन नगर्नेमाथि कारवाही गर्ने बताए । प्रधानमन्त्रीले लाइब्रेरी, खेलको मैदान, आउटडोर जिम र धार्मिक स्थल बन्द राख्ने आदेश दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button