लकडाउनमा घरबाहिर निस्किनलाई १ सय जरिवाना र १ महिना कैद !
काठमाडौँ। काठमाडौँमा कोरोना संक्रमित बिरामी भेटिएपछि सरकारले मंगलबार बिहानदेखि लागू हुने गरि पूरै नेपाल लकडाउन गरेको छ । यद्यपी अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन् ।
हिजो सोमबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय (लकडाउन गर्ने) गरेको हो ।
उक्त नियम ७७ वटै जिल्लामा लागू हुने र उक्त निर्देशनको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने समितिले जनाएको छ ।
संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’
प्रतिक्रिया राख्नुहोस्