तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायी महर्जनद्धारा भाडा मिनाहा

 

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा होटल व्यवसायी राजु महर्जनले एक महिनाको भाडा मिनाहा गरेको घोषणा गर्नुभएको छ ।

एक विज्ञप्ती जारी गर्दै पाल्पाका व्यवसायी महर्जनले आफ्नो घर, भवनमा भाडामा बस्नेहरुको चैत्र महिनाको भाडा मिनाह गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै केही भएपनि राहातको लागि भाडा सहुलियत छुटको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

होटल गौरी शंकरका संचालक महर्जन पाल्पाली ढाकाका संस्थापक स्व. गणेशमान महर्जन र वरिष्ठ महिला उद्यमी पूर्णमाया महर्जनका छोरा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button