तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाविरुद्धको लडाइँमा नेपाल एक्लो छैन : चिनियाँ राजदूत

तस्बीर गुगल बाट

काठमाडौं । मित्रराष्ट्र चीनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा नेपाल एक्लो नभएको बताएको छ । संक्रमणविरुद्ध लड्नका लागि चीनले तत्काल चिकित्सा सामाग्री पठाउन लागेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताउनुभयो ।

एक ट्विट गर्दै उहाँले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिनका लागि आफुहरूले प्रार्थना गर्दै चिकित्सा सामग्री पठाउने व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button