कोरोना आशंकामा ८ जनालाई भेरी अस्पताल रेफर
नेपालगन्ज-बाँकेमा कोरोना भाइरस९कोभिड(१९० संग मिल्दोजुल्दो लक्षण देखिएपछि आठ जनालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । डुडुवा गाउँपालिका अन्तरगत् नेपाल–भारत सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएका शंकास्पद आठ जनालाई भेरी अस्पतालमा पठाइएको हो ।
नेपालगन्जदेखि करिब १४ किलोमिटर पूर्व बाँकेको डुडुवा गाँउपालिका–१, होलियाको खडैंचा, पिप्रहवा र नयाँबस्ती पोष्टमा राखिएको हेल्थ डेस्कमा परिक्षण गर्दा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ८ जनालाई भेरी अस्पताल रिफर गरिएको बेतहनी स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्माले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्