तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम रोक्न नेपाली सेनाद्वारा तयारी शुरु

नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेक्समा समेत दक्ष स्वास्थ्यकर्मीलगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिइ), माक्स, पञ्जा तथा सेनिटाइजर उपलब्ध गराएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button