भक्तपुरका आठ वटा अस्पतालमा २७ शैयाको आइसोलेसन वार्ड तयार
भक्तपुर । विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुरका ७ वटा अस्पतालमा २७ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ ।
हाल भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर अस्पताल, काठमाडौं मेडिकल अस्पतालको दुवाकोट शाखा, डा. इवामुरा मेमोरियल, नागरिक र सिद्धि स्मृति अस्पताल, मितेरी अस्पताल समेतमा गरी २७ शैयाको आइसोलेसन वार्ड तयार गरिएको हो ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शैया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो । भक्तपुर अस्पतालले नै १९ शैयाको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा.गौतमले बताउनुभयो ।
मेसु डा. गौतमले आवश्यक परे त्यहींबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्था समेत गर्ने जानकारी दिनुभयो । गौतमका अनुसार अस्पतालमा संक्रमितहरु आइहालेको अवस्थामा उचित उपचारको लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्ने व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्