तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भोलीबाट जनता कर्फ्यु

नेपालगञ्ज । बाँकेमा भोलिदेखि जनता कर्फ्यु लाग्ने भएको छ । स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिंड्डुल रोक्न जनता कर्फ्यु लगाउने भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अत्यावश्यक बाहेक कसैलाई बाहिर निस्कन नदिने बताउनुभयो । घर बाहिर निस्कनेलाई प्रहरीले बल प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

घरमै सुरक्षित साथ बस्न आग्रह गर्दै लकडाउन गरिएपनि मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्किएपछि जनता कर्फ्यु लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । उहाँले सबैलाई घरमै सुरक्षित बसिदिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button