बसन्त चौधरीको कोरोना कोषमा एक करोड सहयोग
काठमाडौँ ।कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘कोरोना कोष’ मा बसन्त चौधरी फाउन्डेसनले नगदसहित मेडिकल सामाग्री उपलब्ध गराउने भएको छ ।
चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत ५० लाख नगद र थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
‘काेरोना कोष मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं’, चौधरीको ट्वीटमा लेखीएको छ ।
प्रतिक्रिया राख्नुहोस्