टोलटोलमा कोरोनाबारे सजग गराउदैँ प्रशासन
जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा जिल्ला प्रशासन र प्रहरीले कोरोनाबाट सजग गराउन माईकिङ गरेको छ ।
आजबाट जुम्लालाई ‘लग डाउन’ गरिएको र संक्रमणबाट बच्न अत्याआबश्यक काम बाहेक बाहिर ननिष्कन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।
जुम्ला बजारको कालेखोली, वियनगर, अस्पताल रोड र एयरर्पोटमा आज बिहानैदेखि माईकिङ भईरहेको छ । ‘लग डाउन’पछि स्थानीयको चहलपहल बढी भएपछि सजग गराउन चोक चोकमा माईकिङ गरिएको प्रजिअ बञ्जाडेले बताउनुभयो ।
पटक पटक साबुन पानी हात धुन, अत्याआबश्यक काम बाहेक बाहिर हिडडुल नगर्नसमेत आग्रह गरिएको डिएसपी लाल बहादुर धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लग डाउन’ को अर्थ जहाँ छौ त्यहि सुरक्षित घरभित्रै बस्न भनेको हो । तर स्थानीयहरुले निकै खेलवाड गरिरहेकाले सचेत गराउन पनि बजारभरी माईकिङ अभियान गरिएको जानकारी दिनुभयो ।
आफ्नो घर आँगन सफा राख्न र व्यक्तिगत सरसफाईमा बिशेष ध्यान पुराउन सुझाइएको छ । नागरिक सचेतनाका लागि टोल टोलमा हामी भन्ने नारासहित कारोनाबाट सुरक्षित रहनका लागि माईकिङ गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्