तपाईँ सुन्दै हुनुहुन्छः

चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन

काठमाडौं।चीनका लागि नेपाली राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मतीले अनुमोदन गरेको छ ।
सुनुवाइ ससितिको आज सिंहदरवारमा बसेको बैठकले पाण्डेलाई जनवादी गणतन्त्र चिनका लागि आवासीय, उत्तर कोरिया र मंगोलीयाका लागि गैर आवासीय राजदुतमा भएको प्रस्तावलाई अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिले पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको भएपनि उहाँ विरुद्ध कुनै पनि उजुरी परेको थिएन ।
पाण्डेलाई गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको थियो ।

यस अघि आजै भएको सुनुवाईका क्रममा राजदुत पदमा प्रस्तावित पाण्डेले नेपालको स्वाधिनता, सार्वभौमिकतालाई केन्द्रमा राखेर दुई देशबीचको बृहत्तर हित हुनेगरी काम गर्ने बताउनु भयो ।नेपालको हितलाई सर्वोपरी राख्दै चीन र नेपालबीच भएका विभिन्न सम्झौताको कार्यान्वयनमा आफुले पहल गर्ने, चिनीयाँ लगानी भित्र्याउन कोशिस गर्ने र दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारका लागि समेत पहल गर्ने प्रस्तावित राजदुत पाण्डेले बताउनु भयो ।

मन्त्रिपरिषदबाट प्रस्तावित नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button