आजदेखि सेयर बजार बन्द
काठमाडौं।सोमबारदेखि आगामी आइतबारसम्म सेयर बजार बन्द हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले पाँच कार्यदिन सेयर कारोबार बन्द गर्ने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले जानकारी दिनुभयो।धितोपत्र सम्बन्धि कानुनले पाँच दिनसम्म बजार बन्द गर्न निर्देशन दिन सक्ने अधिकार धितोपत्र बोर्डलाइ दिएकोले सोही अनुसार निर्णय भएको उनले बताउनुभयो । ‘
आइतबार विहानैदेखि सेयर कारोबार खुला गर्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएको थियो । नेपाल धितोपत्र बोर्डले पुँजी बजार अत्यावश्यक सेवाभित्र नपर्ने जनाउँदै कारोबार बन्द गर्न बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जलाई मौखिक निर्देशन दिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्