तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैङ्कले कोभिड १९ रोकथामका लागि एक करोड दिने

काठमाडौं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान गर्ने भएको छ ।

मानवीय विपत्का घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button