तपाईँ सुन्दै हुनुहुन्छः

योजना आयोगमा आगामी बजेटको क्षेत्रगत प्रारम्भिक छलफल शुरु

काठमाडौं । राष्ट्रिय योजना आयोगमा आगामी आर्थिक वर्षको बजेटको क्षेत्रगत प्रारम्भिक छलफल आइतबारबाट शुरु भएको छ ।

योजना आयोगको स्रोत समितिले आगामी बजेटको सीमा यस अघि नै सबै मन्त्रालयहरुलाई पठाइ सकेको छ ।

आगामी बजेटका लागि पठाएको मार्ग निर्देशन अनुसार नै आइतबारबाट योजना आयोगमा मन्त्रालयगत बजेटमा प्रारम्भिक छलफल शुरु भएको योजना आयोगका सदस्य तथा प्रवक्ता मिनबहादुर शाहीले जानकारी दिनु भयो ।

अहिलेको अवस्थाले धेरै जनाको उपस्थितिमा छलफल गर्न केही समस्या भएको र आइतबार सैवधानिक निकायहरुको बजेटका बारेमा छलफल भएको पनि प्रवक्ता शाहीले जाानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button