तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना असरः रामेछापमा १५ हजार चल्ला र ६० हजार अण्डा नष्ट

रामेछाप । रामेछाप नगरपालीकाको वडा नं ६ मा रहेको नेशनल पोल्ट्री फर्मले १५ हजार जीवित चल्ला र ६० हजार बच्चा कोरल्न ठीक पारेको अण्डा नष्ट गरेको छ । ह्याचरीले स्थानिय संचारमाध्यमका प्रतिनिधिको रोहबरमा उक्त चल्ला र अण्ड नष्ट गरेको हो ।

कोरोना संन्त्रासका कारण मासु प्रयोग गर्ने उपभोक्ता र चल्ला लैजानै उत्पादक हरुमा गिराबट आए सँगै चल्ला र अण्डा विक्रि हुन नसकेपछि आफुले उत्पादन गरेको माल नष्ट गर्नु परेको गुनासो संचालकहरुले गरेका छन् । देशमा कोरोनाको त्रासदि संगै ब्यापार ब्यावसायमा आएको गिरावट बढि रहेको बेला जिल्लाको पोल्टी« ब्यवसाय पुर्ण रुपमा संकटमा छन् । कोरोनाको हल्ला संगै आफनो फर्ममा उत्पादित चल्ला र मासु विक्रि हुन छाडेकोे र उत्पादित चल्ला पालेर राख्दा थप लागत भएपछि आफनो फर्म उक्त चल्ला र अण्डा नष्ट गर्न बाध्य भएको सो फर्मका प्रोपाईटर रुद्र श्रेष्ठले बताए । उनका अनुसार फर्मले चल्ला र अण्डा समेत गरि कुल २३ लाख रुपैयाँ बराबर लागत मुल्य भएको माल नष्ट गरेको छ ।

सदरमुकाम मन्थलीमा रहेका केहि उत्साहित युवाहरुको अगवाईमा करिव ६ बर्ष अघि देखि संचालनमा रहेका उक्त ह्याचरीमा हाल सम्म करिब ८ करोड रुपैयाँ लगानी भैसकेको छ । जसमध्ये ५ करोड रुपैयाँ बैकको क्रण र बाँकी रकम आफुहरुले लगानी गरेर फर्म चलाएको उनको भनाई रहेको छ । ह्याचरि बाहेक सदरमुकाम र आसपासको क्षेत्रमा मात्र दजनौको संख्यामा पोल्ट्री फर्म संचालनमा रहेका छन् । बत्ति, पानी, कामदार, चल्ला र अण्डा समेतको शिर्षकमा दैनिक १ लाख रुपैयाँ खर्च हुने गरेको उक्त फर्ममा करिब १६÷१७ जनाको संख्यामा काम गर्ने स्टाफ रहेका छन् ।

फर्ममा श्रीलंका देखि अण्डाका लागि ल्याएको बोईलर जातको चल्ला पनि हजारौको संख्यामा रहेका र उक्त चल्ला आउने क्रम कोरोनाको सन्त्रास संगै रोकिएको छ । ति चल्ला र अण्डा दिने माउको समेत ब्यवस्थापन गर्नु पर्ने र उत्पादित अण्डा र चल्ला बजारमा जान सक्ने अवस्था नभएपछि आफुहरु यो निर्णय लिन बाध्य भएको पनि श्रेष्ठले बताए ।

यसरी संचालित सबै फर्म ऋणका भरमा चल्दै आएका र व्यावसायमा गिरावट आएपछि आफुहरुलाई ऋणको ब्याज तिर्न समेत समस्या भएको गुनासो पनि उनले गरे । कोरोनाको हल्ला संगै कुखुराको मासु र चल्ला विक्रि हुन छाडेपछि आफुहरुको ब्यवसाय चौपट भएको अर्का पोल्ट्री ब्यवसायी सुनिल रायले गुनासो गरे ।

कुखुराको मासू तथा अण्डाको माग बढे संगै त्यस खालको ब्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समयमा पोल्ट्री ब्यवसाय तर्फ युवाहरु आर्कषित हुँदै आएका थिए । जसका कारण पछिल्लो समयमा सबैजसो पोल्टी फर्म, दाना उद्योग र दानाको ब्यवसायमा युवाहरुको आर्कार्षण बढेको थियो ।

संभावित कोरोना संक्रमणको हल्ला संगै बैकहरुले आफुहरुलाई ब्याज असुलीमा समेत कडाई गरेको गुनासो पनि उनीहरुले गरेका छन् । मुलुकमा पटक पटक संकट पर्दे आएको बेलमा राज्यलाई सहयोग गर्नु हाम्रो पनि कर्तब्य हो । तर पुर्ण रुपमा क्रण लिएर ब्यवसायमा निर्भर बनेका ब्यवसायीहरुको अवस्थालाई सरकारले नहेर्ने हो भने आफुहरु विस्थापित भएर टाट पल्टने अवस्थामा पुगेको उनिहरुको भनाई रहेको छ ।

हुन त मन्थली र रामेछापको बजारमा अहिले कुखुराको मासुको मुल्य प्रति केजि ३ सय ८० रहेको छ । तर मासुको खपत नै नभएपछि त निर्धारित मुल्यले मात्र धान्ने अवस्था आउँदैन । मासु र चल्लाको बजारमा आएको भारी गिरावट आए संगै संचालकहरुले धमाधमा जिउँदा चल्ला खाडलमा हालेर गाँड्न ब्यवसायीहरुका लागि दुर्भाग्य भएको कुखुरा ब्यवसायी हरुको गुनासो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button