कोेरोेना प्रभाव: सुपादेउरालीको पुजा गर्न रोक
अर्घाखाँची । नोवल कोेरोेना भाइरसकोे जोखिम बढेकोे भन्दै सुपादेउरालीको पुजा बन्द गरीएकोे छ । दैैनिक हजारौै दर्शनार्थिले पुजा गर्ने अर्घाखाँचीमा रहेको सुपादेउराली मन्दिरमा कोेरोेना भाइरसकोे जोखिम बढेकोे भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँची द्धारा मन्दिरमा पुजाआजा गर्न रोक लगाएकोे हो ।
सरकारले भिडभाड गर्न रोक लगाएकोेले मन्दिरमा पुजाआजा गर्दा भिडभाड हुनेहुदा जोखिम बढ्ने देखिएकाले पुजा बन्द गर्न लगाइएकोे प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो ।
गोेरुसिङ्घे सन्धिखर्क सडककोे मध्यभागमा पर्ने सुपादेउराली मन्दिरमा अर्घाखाँची, गुल्मि, पाल्पा, कपिलबस्तु, रुपन्देहि, दाङ, प्युठान लगायत देशैैभर तथा भारतबाट दैनिक हजारौ दर्शनार्र्थीहरुले पुजा तथा वली दिने गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्