बिस्फोटक बस्तु पड्किँदा कैलालीमा एक जनाको मृत्यु

अत्तरिया कैलाली । कैलालीको गोदावरी नगरपालिकामा बिस्फोटक बस्तु पड्किँदा एक जनाको मृत्यु भएको छ ।
जंगलमा भेटिएको बस्तु घरमा ल्याइ आगोमा तताउँन खोज्दा पड्किएर गोदावरी नगरपालिका ४ फुलबस्तीमा ४० बर्षीय नरबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर बिष्ट नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।
प्रहरी टोली घटनास्थलमा पुगेपछि थप तथ्य बाहिर आउने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्