तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकामा कार्यदल गठन

इलाम । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले दैनिक बैठक गरी स्थितिको जानकारी दिने र निर्देशन अनुसार आवश्यक प्रबन्ध गर्ने र सूचना अद्यावधिक गर्नेे जनाइएको छ ।

नगरले अत्यावश्यक सेवाअन्तर्गत रहेका स्वास्थ्य संस्था पूर्णरुपमा सञ्चालन गर्ने , दमकल, खानेपानी, सरसफाइ, जिन्सी र नगर प्रहरी सेवा पूर्ण रुपमा सञ्चालन गर्ने ,कार्यालयको सवारी साधन तथा मेसिनरी उपकरण र चालकहरुलाई जुनसुकै समयका लागि स्ट्याण्डवाइ राख्ने जनाएको छ ।

कर्मचारीहरुलाई किरिया बिदा, बिरामी बिदा र प्रसुति बिदा बाहेक अन्य बिदा नदिई कार्यालयले बोलाएका जुनसुकै समयमा अनिवार्य उपस्थित भई कार्य क्षेत्रमा परिचालन हुन र स्ट्याण्डवाइ रहन निर्देशन दिने कार्यपालिको बैठकबाट निर्णय गरेको छ । खानेपानी सेवाका मिटर रिडरहरुलाई चेतनामूलक तथा सन्देशमूलक पर्चासहित घरदैलो अभियानमा परिचालन गर्ने जनाइएको छ ।

बैठकले वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाह स्थगन गरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सन्देशमूलक प्रचारात्मक अभियानलाई निरन्तर जारी राख्ने र आम नागरिकहरुमा महामारीको यस अप्ठ्यारो, असजिलो तथा विषम परिस्थितिमा धैर्यधारण तथा सहयोगका लागि सबै आग्रह समेत गरेको छ ।

इलाम नगरपालिका वार्ड नं. ६ सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताल हाल बन्द रहेको हुनाले सो अस्पताललाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डका रुपमा प्रयोग गर्न गराउनका प्रक्रिया अघि बढाउने इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button