तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभावः नेताहरुको दैनिकी कस्तो छ ?

काठमाडौँ  । विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएसँगै नेपाल सरकारले सम्पूर्ण नागरिकलाई सावधान रहन आग्रह गरिरहेको छ ।

राजनीतिक दलहरुले आफ्ना सबै गतिविधि रोकिसकेको र सरकारले पनि सार्वजनिक कार्यक्रमहरु नगर्न आह्वान गरिसकेको अवस्थामा प्रमुख दलका नेताहरुले पनि अत्यावश्यक बाहेकका भेटघाट गर्न छोड्नुभएको छ ।

कोरोना भाइरसको सक्रमणबाट जोगिने मुख्य उपाए नै भीडभाडबाट टाढै रहने, सकेसम्म घरमै बस्ने र सरसफाई गर्नुपर्ने हँुदा प्रधानमन्त्रीदेखि बिभिन्न दलका शिर्ष नेताहरु समेतले सजगता अपनाउनु भएको छ ।

विश्व नै यतिखेर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको संकटमा छ । विश्वभर फैलिएको कोरोना नियन्त्रणको उपाय भनेको सजगता नै हो ।

यसैलाई ध्यानमा राखी सधै भेटघाट, कार्यक्रम र बैठकहरुमा व्यस्त रहनुपर्ने प्रधानमन्त्रीदेखि विभिन्न दलका शिर्ष नेताहरुले समेत अत्यावश्यक भेटघाट बाहेकका कामहरु रोकेर सजगता अपानाउन थाल्नु भएको छ ।

कोरोनाको संक्रमणबाट जोगिन प्रधानमन्त्री ओलीले अति आवश्यक र थोरै संख्यामा भेटघाट मात्रै गर्न थाल्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीका सम्पूर्ण नेतृत्व तह र कार्यकतादेखि आमजनतालाई सजग रहन अपिल गर्दै अति आवश्यक बाहेक अन्य सबै भेटघाट बन्द गर्नु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अति आवश्यक काम बाहेक भेटघाट र घरबाट बाहिर निस्कन बन्द गरी पत्रपत्रिका पढ्ने, टेलीफोनमार्फत कुराकानी गर्ने लगायतका काम गरिरहनु भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि नै सबै भेटघाट बन्द गरी फोनमार्फत संवाद गर्न आह्वान नै गरिसक्नुभएको छ । अचेल उहाँ घरमै बसेर लेखपढ गरिरहनुभएको उहाँको स्वकिय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, राजपा नेपालका नेता महन्थ ठाकुर पनि दैनिक भेटघाट र बैठकहरु रोकेर घरमा नै बस्नु भएको छ । अरु दलका नेताहरु समेत संक्रमणको सजगता अपनाउदै प्रायःजसो घरमै बसेर अध्ययन, लेखनमा व्यस्त हुनुभएको उहाँहरुको निजी सचिवालयले जनाएको छ ।

प्रमुख दलका नेताहरु स्वयं पनि संक्रमणको जोखिमबाट बच्न जसरी सुरक्षित तरिका अपनाईरहनुभएको छ र उहाँहरु समेतले सुरक्षा अपनाउन गर्नुभएको आह्वानको अहिले पालन गर्नु नै उचित देखिन्छ, ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button