कोरोनाबाट रियल म्याड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु
एजेन्सी। रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको छ ।
कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा नि’धन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आफ्ना पूर्व अध्यक्षको निधनप्रति रियल म्याड्रिडले पनि एक विज्ञप्ति निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको नि’धनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ ।
सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्