तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा ‘जनता कर्फ्यु’

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन थालेपछि भारतमा आज (आइतबार) ‘जनता कर्फ्यु’ लागू गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतमा ‘जनता कर्फ्यु’ लागू भएको हो। यो अवस्थामा औषधीजन्य तथा अत्यावश्यक सामान पाउने पसलबाहेक सबै किसिमका गतिविधि बन्द भएका छन्।

प्रधानमन्त्री मोदीले गत शुक्रबारको सम्बोधनमा भनेका थिए, ‘आइतबार अर्थात् मार्च २२ मा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरूले जनता कर्फ्युलाई पालना गर्नुपर्छ। आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौं।’

तीन सय ३२ जनामा संक्रमण पुष्टि

भारतमा तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार त्यहाँ ५५ जनामा नयाँ संक्रमण देखिएको थियो। भारतमा कोरोनाबाट पाँच जनाले ज्यान गुमाउँदा २३ जना उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button