तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा एक जना आइसोलेसनमा भर्ना

चितवन । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सञ्चालनमा आएको कोरोना बिशेष अस्थायी अस्पतालमो पटक तीन जना बिरामी पुगेका छन् ।

कोरोनाको आशंका लागेपछि चितवन मेडिकल कलेज (सिएमसी)बाट आज बिहान तीन जना बिरामी कोरोना बिशेष अस्पतालमा पुगेका हुन् ।

बिरामीहरुलाई ओपीडीमा चिकित्सकहरुले परीक्षण गर्नु भएपछि तीन जना मध्ये दुई जनाको अवस्था सामान्य देखिएपछि उपचारमा आएका ती व्यक्तिहरुलाई औषधी दिएर घर पठाईएको कोरोना बिशेष अस्पतालका सदस्य सचिव एवंम प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले एक जना बिरामीलाई भने भर्ना गर्नु पर्ने अवस्था देखिएपछि तत्कालका लागि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बताउनुभयो ।

प्रवक्ता डा.अधिकारीले भन्नुभयो, ‘आइसियु वार्ड बनाउने काम भइरहेकोले संक्रमण नफैलियोस् भनेर सुरक्षाका हिसाबले भरतपुर अस्पतालमा पठाएका छौं ।’

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको बताउनुभयोे । उहाँले भन्नुभयो , ‘आज बेलुका वा भोलिसम्ममा कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नमुना काठमाडौं पठाउँछौं ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button