कोरोनाको प्रभाव : सुनसान हुँदै बर्दिबास

महोत्तरी । कोरोनाको त्रास बढेसँगै महोत्तरीको बर्दिबासस्थित प्रमुख व्यापारी केन्द्र बर्दिबास बजार सुनसान देखिन थालेको छ । यसैबीच बदिर्वास उद्योग वाणिज्य संघ बदिवासले आइतबारदेखि बदिवास बजार बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन अतिआवश्यक सेवा बाहेक सबै उद्योग, कलकरखाना बन्द गर्ने निर्णय गरिएको बर्दिबास उद्योग वाणिज्य संघले शनिबार एक प्रेस विज्ञप्ती मार्फत जनाएको हो ।
संघले चैत्र ९ गतेदेखि २१ गतेसम्म करोना भाईरको संक्रमण विरुद्ध सावधानी अपनाउन बजार बन्द गर्न व्यवसायीलाई अपिल गरेको हो ।
बर्दिबास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाद्वारा हस्तारित विज्ञप्तीमा खाद्यान्न चामल, दाल, तेल, नुन जस्ता दैनिक उपभोग्य बस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने जनाइएको छ ।
‘अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसाय बन्द गरी कोरोना भाईरस फैलिन नलिन सबै व्यापारी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सरकारका निर्णय कार्यान्वय गरी सुरक्षित बस्न अनुरोध गर्दछु ।’ बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले बताउनुभयो ।
संघले बिपतको समयमा व्यबसायी उद्योगीलाई आर्थिक मार पर्ने भएको भन्दै घरधनीहरुलाई घरभाडा छुट दिन समेत आग्रह गरेको छ ।
त्यस्तै संघले व्यवसायीहरुको बैंक तथा वित्तिय संस्थाको ब्याज, बिजुली पानीको महसुल, कर, भ्याटमा छुट गर्न समेत सरकारसँग अनुरोध गरको छ ।
प्रतिक्रिया राख्नुहोस्