तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका बारेमा भ्रम फैलाउने विरूद्ध प्रहरी सक्रिय

फाइल तस्बिर

काठमाडौँ । नेपाल प्रहरीले नोवेल कोरोना भाईरस (कोभिड–१९) को बिषयमा सामाजिक सञ्लाज लगायतका बिभिन्न माध्यमबाट गलत प्रचार तथा अफवाह फैलाउने माथि निगरानी र कारवाहीको प्रकृया अगाडि बढएको छ ।

आम सर्वसाधारणमा भय र त्रास फैलाउने गरी सामाजिक सञ्जालमार्फत झुट्टा समाचार तथा बिभिन्न सामग्रीहरू प्रचार हुन थालेपछि प्रहरीले अनुसन्धान तथा कारवाहीको प्रकृया अगाडि बढाएको नेपाल प्रहरीका प्रवक्ता शैलेश कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीले भ्रम तथा अफवाह फैलाउनेलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने जानकारी दिनुहुँदै प्रवत्ता थापाले सामाजिक सञ्जालहरूमा आएका समाचार तथा अन्य सामग्रीहरू लाईक, र सेयर नगर्न समेत सबैसँग आग्रह गर्नुभयो ।

प्रहरी प्रवक्ता थापाले काठमाडौंको नर्भिक अस्पताल, शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा कोरोनाका बिरामीहरू भेटिएको भनी सामाजिक सञ्जालमा सेयर भईरहेका टिकटक भिडियो, अडियो तथा अन्य सामग्रीहरू माथि अनुसन्धान भईरहेको बताउनुभयो ।

यसैबीच नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल थापाथलीले आज एक विज्ञप्ती प्रकाशित गरी हालसम्म नर्भिक अस्पताल भर्ना भएका कुनैपनि बिरामीमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण नभेटिएको स्पष्ट पारेको छ ।

अस्पतालका नायव महाप्रवन्धक आर पि मैनालीद्वारा जारी विज्ञप्तीमा जनस्वास्थ्यँंग जोडिएको विषयमा भ्रम तथा अफवाह फैलाउने माथि छानविन गरी कारवाही गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button