तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री भट्टराईद्वारा त्रिभुवन विमानस्थलको अनुगमन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ ।

मन्त्री भट्टराईले आज शनिबार विमानस्थलको आन्तरिक उडान स्थल वरपरतर्फको स्वास्थ्य चेकजाँच तथा अन्य कक्षको  अनुगमन गर्नुभएको हो ।

अनुगनमपछि संक्षिप्त प्रतिकृया दिंदै मन्त्री भट्टराईले अनुगमनका क्रममा एयरलाईन्सहरुले मनपरी भाडा नलिएको पाइएको बताउनुभयो ।

‘बाहिर गुनासो आएजस्तो एयरलाइन्सहरुले मनपरी भाडा लिइएको देखिएन’ मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्री भट्टराईले विमानस्थलमा भइरहेको आवश्यक सुरक्षा जाँच राम्रो भएको भन्दै अझै प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button