नेपाललाई कोरना बिरुद्ध जुद्न चिनिया व्यापारी ज्याक मालेको सहयोग
काठमाडौं । चीनका एक प्रख्यात व्यापारीले कोरोना भाइरस (कोभिड १९) सँग जुद्न नेपाल सहित एसियाली मुलुकलाई सहयोग गर्ने घोषणा गर्न भएको छ ।
चीनका प्रख्यात व्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो । उहाँले १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मो्टिर सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
शनिबार विहान एक ट्वीट गर्दै ज्याक माले आफूले सहयोग दिइने मुुलुकमा नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका रहेको बताउनुभएको हो । ज्याकले सहयोगको घोषणा गरेपनि कुन मुलुकलाई कति सहयोग गर्ने उल्लेख गर्नुभएको भने छैन ।
प्रतिक्रिया राख्नुहोस्