डोटीमा निःशुल्क मास्क वितरण सुरु
डोटी । कोभिड–१९ (कोराना)ले विश्व जगतमा महामारीको रुपमा लिदै गइरहेको समयमा डोटीको दिपालयमा डोटी चेम्बर अफ कमर्शले निःशुल्क मास्क वितरण गरेको छ ।
सञ्चार माध्यमहरुका व्यापारीहरुले कालोबजारी गरेको भन्ने सूचना सम्प्रेषण भइरहेको समयमा कोरोनाको उच्च जोखिममा रहेको भन्दै आफुहरु कोरोना रोकथाममा सहयोग पुराउने उद्देश्यका साथ मास्क वितरण गरेको डोटी चेम्बर अफ कमर्शका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिनु भएको छ ।
डोटीको पपिल्ला क्षेत्रमा हेल्प डेस्कको स्थापना गरी बिशेष गरी भारतबाट जिल्लामा भित्रने लक्षित गर्दै आफुहरुले यात्रुहरुको हेल्प डेक्समार्फत चेकजाँचसँगै निःशुल्क मास्क वितरण कार्यक्रम सुरु गरेको चेम्बरका सदस्य रामबहादुर बिष्टले बताउनु भएको छ ।
छिमेकी मुलुकमा कोरोनाको प्रकोप बढी रहेको देखिएको र अहिले रोजगारीको सिलसिलामा भारतका बिभिन्न शहरहरुमा काम गर्दै आइरहेका व्यक्तिहरु घर फर्कने क्रम बढी रहेको समयमा कोरोनाको बिशेष चनाखो हुनुपर्ने अवस्था रहेका कारण आफुहरुले मास्क वितरणको कार्यक्रम सुरु गरेको चेम्बरका कोषाध्यक्ष तेजबहादुर खड्काले बताउनु भएको छ ।
हेल्प डेस्कमा स्वास्थ्य चेकजाँच, साबुनपानीले हात धुने व्यवस्थाका साथै निःशुल्क मास्क वितरण कार्यक्रम भइरहेको खड्काको भनाई रहेको छ । निजि क्षेत्रबाट डोटीमा निःशुल्क मास्क वितरण गरेको यो पहिलो हो ।
प्रतिक्रिया राख्नुहोस्