नेपालले चीनलाई पठायो मेडिकल सामग्री सहितको सूची
काठमाडौं। नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ ।
चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “स्वास्थ्य मन्त्रालयले नभई नहुने मेडिकल सामग्री चिजहरु छन् , तिनीहरुको लिस्ट परराष्ट मन्त्रालयलाई पठाएको छ , त्यही लिस्ट चीनलाई सञ्चार गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयले पठाएको लिस्ट अनुसार मास्कदेखि भाइरस पत्ता लगाउने मेसिन सम्मका सामग्री रहेका छन् । झण्डै डेढ महिना पहिले नेपालले चीनलाई एक लाख मास्क सहयोग गरेर छिमेकीको सौहार्दता प्रकट गरेको थियो ।सोही अनुसार चीनले पनि आवश्यक परेको सहयोग गर्ने बचन अनुसार यसपटक सरकारको उच्चस्तरमा सोधेपछि चीनसँग सहयोग लिन थालिएको मन्त्रालयले जनाएको छ ।
करिब ४० हजार मास्क, भाइरल डिटेक्टिभ मेसिन र सिआरटी मेसिन ४० थान, तथा भेन्टिलेटर एकसय थान, मोनिटर दुइहजार थानको हाराहारीको सूची लिस्टमा रहेको जनाइएको छ । त्यस्तै मोबाइल एम्बुलेन्स, इन्फेक्सन नसर्ने मोबाइल, अक्सिजन प्लान्ट, थर्मो स्क्यानर लगायतका सामग्री पनि सूचीमा रहेको छ । यि सहित अन्य मेडिकल सामग्री पनि त्यो सूचीमा समावेश छ ।
चीनले आफ्नो अनुभवको आधारमा परेको खण्डमा चिकित्यकीय टोलीको सहयोग भिडियोमार्फत गर्न सक्ने जनाएको छ ।
जस अनुसार शुक्रबार नेपाल, भुटान, बंगलादे, श्रीलंका, मालदिभ्स लगायतका १८ मुलुकसँग चीनका चिकित्सकले भिडियोमार्फत आफ्ना अनुभव साटासाट गरेका छन् । वुहानबाट आउटब्रेक भएको कोरोनो भाइरसमाथि कसरी चीनले सफलतापूर्वक लड्यो र अहिले त्यो संकटबाट बाहिर आउनसक्यो भन्ने सन्देश चिनिया चिकित्सकले गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्