कृत्रिम अभाव र कालोबजारी सिर्जना गर्नेलाई हदैसम्मको कारवाही गर्ने निर्णय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा नियम विपरीतका कृयाकलाप गर्ने तथा कृत्रिम अभाव र मूल्यवृद्धिमा संलग्न व्यवसायीलाई तत्कालै कानून बमोजिम हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टको अध्यक्षता आज मन्त्रालयमा बसेको बैठकले दैनिक उपभोग्य वस्तुहरु यथेष्ट मात्रामा भण्डारणका साथै पर्याप्त आपूर्ति गरी बिक्री वितरणको व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।
बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका बाणिज्य हेर्ने सचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालय र निकायका पदाधिकारी सहितको आपूर्ति व्यवस्थापन समन्वय समिति र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयका सम्बन्धित माहाशाखाका पदाधिकारीको सहभागिता रहने गरी एक आपतकालीन आपूर्ति व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बैठकले आपूर्ति अवस्थाको तथ्यांक दैनिक रुपमा अद्यावधिक गरी हरेक दिन प्रेश विज्ञप्ती मार्फत सार्वजनिक गर्ने र आवश्यकता अनुसार पत्रकार सम्मेलन गरी आधिकारिक सूचना प्रवाह गर्ने, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको खाद्यान्न मौज्दातको वर्तमान संचितिलाई दोब्बर पार्ने र आवश्यक भएमा साविकको नेशनल ट्रेडिङ् लिमिटेडको टेकूस्थित गोदामलाई समेत उपयोग गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन र नेपाल आयल निगमका गोदामहरुमा संचित रहेको खाद्यान्न,ग्याँस र तेलको मौज्दातका बारेमा संचार माध्यमहरुबाट जानकारी दिने खाद्यान्न अभाव हुन सक्ने दुर्गम पहाडी जिल्लाहरुमा समयमै आवश्यक परिमाणमा खाद्यान्न ढुवानीको व्यबस्था गर्ने समेत निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्