काठमाडौंका ३ स्थानमा सुपथ मुल्यका पसलहरु सञ्चालन
सरकारले काठमाडौंका उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको समस्या नहोस भनेर काठमाडौंका विभिन्न ३ स्थानमा सुपथ मुल्यका पसलहरु सञ्चालनमा ल्याएको छ ।
सरकारले काठमाडौंमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ती सहज बनाउन शुक्रबारदेखि सिहदरबार, थापाथली र नक्खुमा सुपथ मुल्यका पसल सञ्चालन गर्न शुरु गरेको हो ।
त्यस्ता पसलहरु पहिलेदेखि नै सञ्चालनमा रहेको भएपनि प्रभावकारी नभएकोले अहिलेको आवश्यकता अनुसारका सामानहरु थप गरी सुपथ मुल्यका पसलहरु सञ्चालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अध्यक्ष सहसचिव नेत्रप्रसाद सुवेदीले जानकारी दिनु भयो ।
विभिन्न अत्यावश्यक सामानहरु समेत थप गरेर आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि सुपथ मुल्यका पसलहरु सञ्चालन गर्ने गरी आवश्यक तयारी कम्पनीले गरेको छ ।
छिट्टै भक्तपुर तथा ललितपुरको जावलाखेलमा पनि सुपथ मुल्यका पसलहरु सञ्चालन गर्ने तयारी भएको वाणिज्य तथा आपूर्ती व्यवथापन विभागका महानिर्देशक समेत रहनु भएका सुवेदीले जानकारी दिनु भयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य वस्तुहरुको भण्डारण बढाउन स्थानीय बजारबाट १० हजार मेट्रिकटन चामल, ३ हजार मेट्रिकटन गँहु र २ हजार मेट्रिकटन दाल किन्ने तयारी समेत गरेको छ ।
बजारमा खाद्यवस्तुको मुल्य बढन नदिन र अत्यावश्यक वस्तुहरुको मुल्य बढाएर बिक्रि वितरण गरेमा बजार अनुगमन गरी कारवाही अघि बढाएको पनि महाननिर्देशक सुवेदीले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्