बलेफीमा वास सेन्टर बनाइने
मेलम्ची । कोरोना सजगताका लागि बलेफी गाउँपालिकामा वास सेन्टर निर्माण गरिने भएको छ ।
गाउँपालिका, वडा र बजारक्षेत्रका शौचालयहरूमा सर्वसाधारणका लागि हात धुने ठाउँ तयार गर्ने बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अनुसार गाउँपालिका, वडा कार्यालय र मानिसह?को चहलपहल हुने बजार क्षेत्रमा सर्वसाधारणका लागि हात धुन साबुन पानी राखिनेछ ।
कार्यालयमा आउने सेवाग्राहीहरू साबुन पानीले हात धोएपछि मात्र सेवा लिन कार्यालयमा प्रवेश गर्नुपर्नेछ । गाउँपालिकास्तरीय विपद व्यवस्थापन समितिको हिजो बसेको आकस्मिक बैठकले कोरोना भाइरसबारे सचेतना र सजगताका लागि यस्तो निर्णय गरेको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षत्रीले बताउँनुभयो ।
प्रतिक्रिया राख्नुहोस्