अमेरिकी डलर अहिले सम्मकै महँगो, हेर्नुहोस्
काठमाडौँ ।आज चैत ७ गते अमेरिकी डलर हाल सम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी १ डलरको खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २८ पैसा तोकेको छ । नेपाली बजारमा डलर १ सय १९ रुपैयाँ भन्दा महँगो भएको थिएन ।
२०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँ तिर्नुपरेको थियो। त्यसपछि पछिल्लो साता १ सय १९ कै नेरोफेरोमा डलर कारोबार भएको थियो ।
अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा नकरात्मक असर पर्दछ । आयतित अर्थतन्त्र भएको मुलुकमा डलरको भाउ बढेलसँगै विदेशी सामानहरू महँगो पर्न जान्छन् । मुलतः इलेक्ट्रोनिक्स सामानहरूको मूल्यमा महँगी बढ्छ । नेपालमा उत्पादित उद्योगका कच्चा पदार्थ समेत बाहिरबाट भित्रने हुँदा नेपालमै उत्पादन हुने वस्तुहरूको समेत मूल्य बढ्छ ।
प्रतिक्रिया राख्नुहोस्